काठमाडौं । सेयर बजारमा सर्किट ब्रेक लागेको छ । आइतबार बजार खुलेको १ मिनेटमै ४ प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्दै २० मिनेटका लागि कारोबार स्थगित भएको हो ।
नेप्से परिसूचक १०२.६८ बिन्दुले बढेर २६७०.८२ बिन्दुमा पुगेको छ । १ मिनेटको अवधिमा २३३ कम्पनीको २७ करोड २० लाख रुपैयाँ बढीको साढे ५ लाख कित्ता सेयर किनबेच भएको छ ।
शुक्रबार नेपाल राष्ट्र बैंले चालु आवको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको संस्थागत तर्फको २० करोडको सीमा खारेज गरिदिएसँगै लगानीकर्ता उत्साहित हुँदा नेप्सेले सर्किट ब्रेक हानेको हो ।
त्यस्तै, राष्ट्र बैंकले मौद्रिक नीतिमा ब्याजदर घटाउन सहयोग पुग्ने गरी बैंकदर र नीतिगत दर घटाएको छ । बैंकहरुले साउन मसान्तसम्म उठाएको ब्याज अघिल्लै आवमा देखाउन पाउने, असल कर्जाको नोक्सानी व्यवस्था १.२० प्रतिशतबाट १.१० प्रतिशतमा घटाएको, रिटेल पोर्टोफोलियोको सीम बढाएर साढे २ करोड पुर्याउने लगायत व्यवस्था गरेको छ । जसकारण सेयर लगानीकर्ता हौसिएका हुन् ।