नेप्सेमा दोस्रो सर्किट, फेरि कारोबार रोकियो

काठमाडौं । सेयर बजारमा दोस्रो पोजेटिभ सर्किट ब्रेक लागेको छ ।

आइतबार बजार खुलेको १ मिनेटमै नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्दै २० मिनेटका लागि कारोबार स्थगित भएको थियो । त्यसपछि खुलेको बजार फेरि १६ सेकेण्ड कारोबार हुँदै ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटका लागि कारोबार रोकिएको हो ।

नेप्से परिसूचक १२९.०७ बिन्दुले बढेर २६९७.२१ बिन्दुमा पुगेको छ । अवधिमा २४४ कम्पनीको ५२ करोड ४९ लाख रुपैयाँ बढीको १३ लाख सेयर किनबेच भएको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंले चालु आवको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको संस्थागत तर्फको २० करोडको सीमा खारेज गरिदिएसँगै
लगानीकर्ता उत्साहित हुँदा नेप्सेले सर्किट ब्रेक हानेको हो ।

त्यस्तै, राष्ट्र बैंकले मौद्रिक नीतिमा ब्याजदर घटाउन सहयोग पुग्ने गरी बैंकदर र नीतिगत दर घटाएको छ । बैंकहरुले साउन मसान्तसम्म उठाएको ब्याज अघिल्लै आवमा देखाउन पाउने, असल कर्जाको नोक्सानी व्यवस्था १.२० प्रतिशतबाट १.१० प्रतिशतमा घटाएको, रिटेल पोर्टोफोलियोको सीम बढाएर साढे २ करोड पुर्याउने लगायत व्यवस्था गरेको छ । जसकारण सेयर लगानीकर्ता हौसिएका हुन् ।

नेप्सेमा १ मिनेटमै पोजेटिभ सर्किट ब्रेक, २० मिनेटका लागि कारोबार स्थगित Read Previous

नेप्सेमा १ मिनेटमै पोजेटिभ सर्किट ब्रेक, २० मिनेटका लागि कारोबार स्थगित

१०६३ मेगावाटको अपर अरुण जलविद्युत् शीघ्र अगाडि बढाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र Read Next

१०६३ मेगावाटको अपर अरुण जलविद्युत् शीघ्र अगाडि बढाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र