अब चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

काठमाडौं । अब चेक बाउन्स हुँदा कालोसूचीमा नपरिने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको चालु आवको मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो ।

‘चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैंकिङ्ग कारोबारमा बन्देज हुनेगरी खाता रोक्का राख्ने लगायतका व्यवस्था परिमार्जन गर्ने गरी विद्यमान कर्जा सूचना तथा कालो सूचीसम्बन्धी निर्देशनमा पुनरावलोकन गरिनेछ,’ मौद्रिक नीतिमा भनिएको छ ।

यसअघि चेक बाउन्स भए कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने गरेको थियो।

 

 

यस्ता छन् मौद्रिक नीतिमा गरिएका मुख्य २० व्यवस्था Read Previous

यस्ता छन् मौद्रिक नीतिमा गरिएका मुख्य २० व्यवस्था

अब जोइन्ट भेन्चरमा एउटा कम्पनी कालोसूचीमा परे अर्कोलाई राख्न नपर्ने Read Next

अब जोइन्ट भेन्चरमा एउटा कम्पनी कालोसूचीमा परे अर्कोलाई राख्न नपर्ने