महासंघद्धारा स्याहार अर्थतन्त्र बारे रोजगारदाता तालिम प्रदान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्यमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम आयोजना गरेको छ ।

निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम कैलालीको धनगढीमा बुधबार सुरू भएको हो । यो तालिम तीन दिन सम्म चल्नेछ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (सशक्त महिला सम्वृद्ध नेपाल) परियोजना र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं बीच भएको सम्झौता बमोजिम नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा तीन दिने तालिमा सुरू भएको हो ।

निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिमको उद्घाटन सत्रको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको कार्यसमिति सदस्य तथा लम्की उद्योग वाणिज्य संघको अध्यक्ष पदमराज चौलागाईले गरेका थिए ।

३ दिनसम्म संचालन हुने तालिमको उद्देश्य र नेपाल उद्योग वाणिज्य महासंघको परिचय सहितको भनाइ महासंघका सहायक निर्देशक हरि पौडेलले राखेका थिए ।

उक्त तालिममा सुदूरपश्चिमका उद्योगी व्यवसायी सरकारी तथा गैरसरकारी गरी जम्मा ३० जनाको सहभागिता रहेको छ ।

बीआरआई कार्यान्वयनको मोडल बारे छलफल जारी छ, निर्णय भएको छैन : पराराष्ट्रमन्त्री Read Previous

बीआरआई कार्यान्वयनको मोडल बारे छलफल जारी छ, निर्णय भएको छैन : पराराष्ट्रमन्त्री

बैंकिङ क्षेत्रका समस्या र चुनौती समाधान गर्न पहल गर्ने अर्थमन्त्रीकाे आश्वासन Read Next

बैंकिङ क्षेत्रका समस्या र चुनौती समाधान गर्न पहल गर्ने अर्थमन्त्रीकाे आश्वासन