काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।
कम्पनीले भदौ ४ गते गते ३६औं वार्षिक साधरण सभा बोलाएको हो । कम्पनीको सभा होटल केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।
कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको ४ प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ । प्रस्तावित लाभांश सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
त्यस्तै, कम्पनीले सभामा गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा(नोक्सान हिसाब पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने लगायत एजेन्डा लैजाने छ ।
कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि साउन २४ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार साउन २३ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।