इजरायलले नेपालबाट २ हजार केयरगिभर लैजाने

काठमाडौं । इजरायलले दुई हजार नेपाली श्रमिकलाई केयरगिभरका रुपमा रोजगारी दिन सहमति जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग सोमबार नेपालका लागि इजरायली राजदूत हनान गोदारले गरेको शिष्टाचार भेटमा इजरायलले नेपाली श्रमिकको सङ्ख्या वृद्धि गर्न सहमत भएको हो ।

हाल छनोटका चरणमा रहेका ५०० जना मुख्य उम्मेदवार र ३०० वैकल्पिक उम्मेदवार गरी कुल ८०० नेपाली श्रमिक इजरायल लैजाने भनिएकामा सो सङ्ख्या बढाएर १ हजार मुख्य उम्मेदवार र १ हजार वैकल्पिक उम्मेदवारगरी कुल २हजारसम्म नेपाली लैजान सकिनेगरी सहमति भएको मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

भेटमा द्विपक्षीय श्रम सम्बन्धमा विविध पक्षका साथै ‘जिटुजी’ प्रक्रियाअन्तर्गत केयरगिभरका रुपमा नेपाली श्रमिक इजरायल पठाउने सिलसिलामा भइरहेको छनोट प्रक्रियाबारे समेत छलफल भएको थियो ।

आगामी दिनमा कृषिलगायत अन्य क्षेत्रमा समेत नेपाली श्रमिक इजरायल लैजान सकिनेबारेमा समेत कुराकानी भएको प्रवक्ता रिजालले जानकारी दिए ।

सो क्रममा मन्त्री भण्डारीले नेपाल–इजरायलबीचको श्रम सम्बन्धका बारेमा सन्तोष व्यक्त गर्दै इजरायल–प्यालेष्टाइन द्वन्द्वमा हराइरहेका नेपाली विपिन जोशीको खोजतलास एवं वास्तविक अवस्थाबारे जानकारी र सकुशल फिर्ता गराउने विषयमा थप पहल लिन अनुरोध गरेका थिए ।

सूर्योदय वोमी लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन Read Previous

सूर्योदय वोमी लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन

लाभांश प्रयोजनका लागि नेशनल लाइफले तोक्यो बुकक्लोज Read Next

लाभांश प्रयोजनका लागि नेशनल लाइफले तोक्यो बुकक्लोज