नबिल बैंकले एकैसाथ पायो तीन अन्तर्राष्ट्रियसहित चार अवार्ड

काठमाडौं । नबिल बैंक लिमिटेडले एकसाथ ४ वटा प्रतिष्ठित अवार्डहरू प्राप्त गरेको छ । ४०औँ वार्षिकोत्सवका कार्यक्रमहरू मनाउँदै गर्दा बैंकले यी महत्वपूर्ण अवार्डहरू जित्न सफल भएको हो ।

नबिलले वेलायतको ग्लोेबल ब्राण्ड्स म्यागेजिनबाट यस वर्षको ‘वेस्ट कमर्सियल बैंकिङ ब्राण्ड अवार्ड नेपाल, २०२४’ अवार्ड पाएको हो ।

त्यस्तै, गरी बैंकले नेपालको वेस्ट बैंक फर कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी (सीएसआर) ‘युरोमनि अवार्ड फर एक्सिलेन्स, २०२४’ र वेस्ट बैंक फर एसएमइज युरोमनि अवार्ड फर एक्सिलेन्स, २०२४ अवार्ड पाएको हो ।

त्यसैगरी, नबिल बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)बाट वाणिज्य बैंकतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड (गोल्ड) अवार्ड पाएको छ । यो अवार्ड बैंकलाई आर्थिक वर्ष २०२२/२३ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा प्रदान गरिएको हो। बैंकको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनलाई सम्मान गर्दै यो अवार्ड प्रदान गरिएको हो।

बैंकको ४० वर्षे अनवरत यात्रामा धेरै उपलब्धि हासिल भएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । ‘नवीन प्रयोग र ग्राहकको सुविधामा हाम्रो ध्यानले हामीलाई यी अवार्डहरू दिलाएको छ, जुन हाम्रा कर्मचारीको अथक मेहनतको फल हो । सबैलाई बधाई दिन चाहन्छु,’ उनले भने ।

बजारमा अझै बढ्न सकेन उपभोग्य वस्तुको माग, आयात १९ अर्बले घट्यो Read Previous

बजारमा अझै बढ्न सकेन उपभोग्य वस्तुको माग, आयात १९ अर्बले घट्यो

प्रधानमन्त्रीलाई भेटेर चेम्बरले दियो अर्थतन्त्र सुधारका लागि ४३ बुँदे सुझाव Read Next

प्रधानमन्त्रीलाई भेटेर चेम्बरले दियो अर्थतन्त्र सुधारका लागि ४३ बुँदे सुझाव