एनआइसी एशिया बैंक २७ औं वर्षमा प्रवेश

काठमाडौं । एनआइसी एशिया बैंक आफ्ना स्थापनाको २७ औं वर्षमा प्रवेश गरेको छ । बैंक आइतबार २६औं वर्ष पूरा गरी २७औं वर्षमा प्रवेश गरेको हो ।

यो यात्राका दौरान साथ, सहयोग, योगदान गर्ने समस्त ग्राहक, नियामक निकायहरू, सेयरधनी,कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरू प्रति बैंकले आभार व्यक्त गरेको हो ।

आगामी दिनहरुमा विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै पहिलो रोजाइको बैंक बन्ने एनआइसीले अठोट गरेको छ ।

हाल बैंकले देशभरका ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जालबाट अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २६ अर्ब ५९ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको बैंकले जनाएको छ । गत आवमा मात्रै २ अर्ब ८९ करोड राजस्व सरकारलाई बुझाएको बैंकले जनाएको छ ।

दुई सिफ्टमा ओपीडी संचालन गर्न स्वास्थ्यमन्त्रीको निर्देशन Read Previous

दुई सिफ्टमा ओपीडी संचालन गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

सीएका लागि सरकारी दरबन्दी सृजना गर्न सरकार सकारात्मक Read Next

सीएका लागि सरकारी दरबन्दी सृजना गर्न सरकार सकारात्मक