फूडमाण्डुको स्टुडेन्ट अप्रेन्टिसशिप प्रोग्रामको तेस्रो ब्याच सुरू हुँदै

काठमाडौं । लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमाण्डुको ‘स्टुडेन्ट अप्रेन्टिसशिप प्रोग्राम’को तेस्रो ब्याच सुरू गर्ने भएको छ ।

यसअघि सफलतापूर्वक दुई संस्करण संचालन भएको यो प्रोगामको तेस्रो संस्करण अगस्टको महिनाभरि सञ्चालन हुने भएको हो ।

यो कार्यक्रम विद्यार्थीहरूको मार्केटिङ तथा आन्ट्रप्रेनर्शिपको ज्ञान र व्यावहारिकता बीचको दूरीलाई कम गर्न डिजाइन गरिएको हो ।

फूडमाण्डुकी ब्राण्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले यस कार्यक्रममार्फत युवा प्रतिभालाई प्रोत्साहन गर्न चाहेको बताइन् ।

‘हामी यस कार्यक्रम मार्फत युवा प्रतिभालाई प्रोत्साहन गर्न चाहन्छौँ। यस कार्यक्रम मार्फत हामीले विद्यार्थीहरूलाई व्यावसायिक दुनियाँको गहिरो बुझाइ दिने र उनीहरूको रचनात्मकतालाई प्रोत्साहित गर्ने लक्ष्य राखेका छौं,’ उनले भनिन् ।

एक महिनासम्म चल्ने यस स्टुडेन्ट अप्रेन्टिस प्रोग्राममा सहभागी विद्यार्थीहरू हप्ताको तीन दिन फूडमाण्डुको कार्यालयमा उपस्थित हुने गरेका छन् । उक्त समयमा विद्यार्थीहरूले रचनात्मक सोच बढाउने, योजना बनाउने, बजेटिङ, लजिस्टिक र ग्राहक अन्तरक्रिया सम्बन्धि व्यावहारिक अनुभव हासिल गर्दै आइरहेका छन् ।

यस कार्यक्रमको अघिल्लो संस्करणमा फूडमाण्डु टिमको सुपरीवेक्षण र निर्देशनमा विद्यार्थीहरूले मार्केटिङको व्यावहारिक ज्ञान प्राप्त गरेका थिए । उनीहरूले विभिन्न अन्तरक्रियात्मक प्रोजेक्टमा योजना र रणनीति बनाएर फूडमाण्डुको ब्राण्ड सचेतना र उपस्थिति वृद्धि गरेका थिए।

फूडमाण्डुले आगामी ब्याचको लागि विद्यार्थीहरूको मार्केटिङ र आन्ट्रप्रेनर्शिप सम्बन्धि विस्तृत बुझाइ विकास गर्ने योजना बनाएको छ । कम्पनीले ती बुझाइलाई व्यवहारमा कार्यान्वयन गर्न र नयाँ अडियन्स पत्ता लगाउने कुरामा केन्द्रित रहने बताएको छ ।

१ वर्षमा सरकारले ब्याज मात्रै तिर्यो ८२ अर्ब, आन्तरिकभन्दा विदेशी ऋण धेरै Read Previous

१ वर्षमा सरकारले ब्याज मात्रै तिर्यो ८२ अर्ब, आन्तरिकभन्दा विदेशी ऋण धेरै

प्राधिकरणले व्यवसायीलाई अनावश्यक दुःख दिनुहुँदैन : ऊर्जामन्त्री खड्का Read Next

प्राधिकरणले व्यवसायीलाई अनावश्यक दुःख दिनुहुँदैन : ऊर्जामन्त्री खड्का