मुक्तिनाथ विकास बैंकले सुरू गर्यो क्यूआर मार्फत अन्तर्राष्ट्रिय भुक्तानी सेवा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले क्यूआरमार्फत अन्तर्राष्ट्रिय भुक्तानी सेवा सुरू गरेको छ ।

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले फोन-पेसँगको सहकार्यमा उक्त सेवा सुरू गरेको हो।

यो सेवा सुरू भएपछि भारतीय ग्राहकहरूले भिम र फोन-पे लगायतका भारतीय भुक्तानी सेवा प्रदायकको माध्यमबाट मुक्तिनाथ बैंक अन्तर्गतका मर्चेन्टहरूमा राखिएको क्यूआर कोड स्क्यान गरी डिजिटल रूपमा रकम भुक्तानी गर्न सक्ने भएका छन्।

यस प्रकारको सेवाले भारतीय पर्यटकलाई नगद बोक्ने झन्झट नभई नेपाल र भारतबीचको आर्थिक तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाई नेपालको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको बैंकले जनाएको छ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट रकम झिक्न विशेष छुटको व्यवस्था गरिएको छ।

ग्लोबल आइएमई बैंकले ५ अर्बको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त Read Previous

ग्लोबल आइएमई बैंकले ५ अर्बको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त

अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुनुहुँदैन : प्रधानमन्त्री Read Next

अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुनुहुँदैन : प्रधानमन्त्री