ग्लोबल आइएमई बैंकले ५ अर्बको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटललाई नियुक्त गरेको छ ।

सम्झौतापत्रमा बैंकतर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरे ।

बैंकले ‘८% ग्लोबल आइएमई बैंक ऋणपत्र २०९१/९२’ नामको ऋणपत्र जारी गर्न लागेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँका दरले ५० लाख इकाई ऋणपत्र बिक्री गर्ने भएको हो । ।

जसमध्ये ६० प्रतिशत (३० लाख इकाई) बैंकले व्यक्तिगत तवरले बिक्री गर्नेछ भने ४० प्रतिशत (२० लाख इकाई) सर्वसाधारणका लागि छुट्याइएको छ

१० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८ प्रतिशतका दरले ब्याज पाइने छ । यसको भुक्तानी अर्धवार्षिक रुपले ६/६ महिनाको अवधिमा हुनेछ ।

गरिमा विकास बैंकको सवा ४ लाख कित्ता सेयर लिलामीमा, मूल्य कति ? Read Previous

गरिमा विकास बैंकको सवा ४ लाख कित्ता सेयर लिलामीमा, मूल्य कति ?

मुक्तिनाथ विकास बैंकले सुरू गर्यो क्यूआर मार्फत अन्तर्राष्ट्रिय भुक्तानी सेवा Read Next

मुक्तिनाथ विकास बैंकले सुरू गर्यो क्यूआर मार्फत अन्तर्राष्ट्रिय भुक्तानी सेवा