काठमाडौं । गरिमा विकास बैंकको सवा ४ लाख कित्ता बढी सेयर आजदेखि लिलामीमा आएको छ ।
बैंकका विद्यमान संस्थापक (प्रमोटर) सेयरधनीको नाममा रहेको ४ लाख २५ हजार १५६.६७ कित्ता संस्थापक सेयर लिलामीमा आएको हो ।
उक्त सेयरमा हाललाई बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । संस्थापक सेयरधनीले नकिनेमा दोस्रो चरणमा सर्वसाधरणका लागि बिक्रीमा ल्याइने बैंकले जनाएको छ ।
बैंकको सेयर किन्न इच्छुक लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।
बोलपत्र पेश गर्दा सेयरको भाउ न्यूनतम २०० रुपैयाँ घटाउन पाइने छैन ।
इच्छुक लगानीकर्ताले भदौ ६ गते भित्र बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।