द्वारिकाज होटलकी संचालक श्रेष्ठको निधन

काठमाडौं । द्वारिकाज होटल तथा रिसोर्टकी अध्यक्ष अम्बिका श्रेष्ठको निधन भएको छ ।

९१ वर्षीय श्रेष्ठको बिहीबार उपचारको क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।

उनी दुई महिनादेखि निमोनियाबाट पीडित थिइन् । श्रेष्ठलाई ४ वर्ष अघि क्यान्सर भए पनि उनले त्यसलाई जितेकी थिइन् ।

उनी ६ दशक बढी समयदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय थिइन् । श्रेष्ठले सन् १९९१ देखि पूर्ण रूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

काठमाडौं र धुलिखेलमा द्वारिकाज होटल चलाउँदै आएकी श्रेष्ठले विभिन्न ट्राभल एजेन्सी समेत चलाइरहेकी थिइन् ।

 

नेप्सेमा सूचीकृत कम्पनीले बनायो कीर्तिमान, प्रतिकित्ता सेयर मूल्य ५३ हजार पुग्यो Read Previous

नेप्सेमा सूचीकृत कम्पनीले बनायो कीर्तिमान, प्रतिकित्ता सेयर मूल्य ५३ हजार पुग्यो

नेप्सेमा उछाल : ३५ महिना यताकै धेरै करोबार, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

नेप्सेमा उछाल : ३५ महिना यताकै धेरै करोबार, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट