रसुवाले उठायो २० अर्ब ३६ करोड राजस्व

रसुवा । रसुवा जिल्लाबाट असुल हुने राजस्वमा उल्लेखनीय वृद्वि भएको छ । नेपाल–चीनबीचको व्यापार–व्यवसायका कारोबार रसुवागढी नाकाबाट बढेका कारण राजस्व असुलीमा मनग्य आय भएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक सुरेश सुवेदीले रसुवामा समग्र राजस्व आम्दानी रु २० अर्ब ३६ करोड ९७ लाख ८२ हजार एक सय १२ रहेको छ । यो राजस्व गत वर्षको तुलनामा २.४ गुनाले वृद्वि भएको हो ।

सबैभन्दा बढी राजस्व आर्जन गर्ने कार्यालयमा रसुवा भन्सार कार्यालय रसुवागढी रहेको छ ।रासस

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने Read Previous

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने

७५ प्रतिशत अण्डा उत्पादक किसान विस्थापित Read Next

७५ प्रतिशत अण्डा उत्पादक किसान विस्थापित