नेप्सेमा उच्च अंकको वृद्धि, १२ अर्बको कारोबार, यी कम्पनीको मूल्यमा सर्किट

काठमाडौं । सेयर बजारमा लगातार उछाल आएको छ । मंगलबार ७० अंकले बढेको नेप्से आज पनि ५४ अंकले बढेको छ । पछिल्ला दुई कारोबार दिनमै नेप्से १२४ अंकले बढेको छ ।

बुधबार नेप्से परिसूचक ५४.०४ अंकले बढेर २३६४.६३ बिन्दुमा पुगेको छ । यो पछिल्लो २७ महिना यताकै उच्च बिन्दु हो ।

सूचकसँगै आज कारोबार रकममा पनि उछाल आएको छ । अघिल्लो दिनको तुलनामा करोबार रकम २ अर्ब ९२ करोड रुपैयाँले बढेर १२ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । यो ३५ महिना यताकै धेरै कारोबार हो ।

आज ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । व्यापार समूहको परिसूचक सर्वाधिक ७.३० प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स र होटल समूहको परिसूचक साढे ५ प्रतिशतले बढेको छ ।

आज सिंगटी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको २३ करोड ५५ लाख रुपैयाँ बढीको ११ लाख ६३ हजार ७०१ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका २०४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ कम्पनीको मात्रै घटेको छ ।

उच्च अंकले बढेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सेन्ट्रल फाइनान्स, सिंगटी हाइड्रोपावर र आँखुखोला हाइड्रोपवारको सेयर मूल्य १० प्रतिशतले बढको छ ।

त्यसैगरी, मन्दकिनी हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर र आरम्भ चौतारी लघुवित्तको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

असारमा घरजग्गा कारोबारमा उच्च गिरावट, राजस्व भने बढ्यो Read Previous

असारमा घरजग्गा कारोबारमा उच्च गिरावट, राजस्व भने बढ्यो

महेश बर्तौला सत्तापक्षको मुख्य सचेतक Read Next

महेश बर्तौला सत्तापक्षको मुख्य सचेतक