महेश बर्तौला सत्तापक्षको मुख्य सचेतक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महेशकुमार सांसद बर्तौलालाई प्रतिनिधिसभाको सत्तापक्षको मुख्य सचेतकमा मनोनयन गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता रहेका प्रधानमन्त्री ओलीले बर्तौलालाई एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ बमोजिम प्रतिनिधिसभाको सत्ता पक्षको मुख्य सचेतकमा आजदेखि लागू हुनेगरी मनोनयन गरेका हुन् ।

सांसद बर्तौलाले यसअघि एमालेको प्रमुख सचेतक र सचेतक भएर जिम्मेवारी वहन गरिसकेका छन् ।

नेप्सेमा उच्च अंकको वृद्धि, १२ अर्बको कारोबार, यी कम्पनीको मूल्यमा सर्किट Read Previous

नेप्सेमा उच्च अंकको वृद्धि, १२ अर्बको कारोबार, यी कम्पनीको मूल्यमा सर्किट

निर्माण व्यवसायीको भुक्तानी चाँडै गर्ने अर्थमन्त्रीको आश्वासन Read Next

निर्माण व्यवसायीको भुक्तानी चाँडै गर्ने अर्थमन्त्रीको आश्वासन