सुनको मूल्य हालसम्मकै उच्च, तोलाको डेढ लाख पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिननै नयाँ रेकर्ड बनाउन थालेको छ । मंगलबार मात्रै नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज फेरि इतिहासकै महँगो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ४९ हजार ८०० रुपैयाँ पुगेको छ ।

यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि साउन १ गते सुनको मूल्य १ लाख ४८ हजार ८०० रुपैयाँ पुगेको थियो।

महासंघका अनुसार आज तेजावी सुनको भाउ प्रतितोला १ लाख ४९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ४६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँ घटेर १८९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

महँगिँदै सेयरको भाउ, यी १३ कम्पनीको मात्र पाइन्छ २०० रुपैयाँभन्दा कममा Read Previous

महँगिँदै सेयरको भाउ, यी १३ कम्पनीको मात्र पाइन्छ २०० रुपैयाँभन्दा कममा

१ वर्ष म्याद कटेका प्राइभेट फर्म नवीकरण हुने, ५५०० सम्म जरिवाना लाग्ने Read Next

१ वर्ष म्याद कटेका प्राइभेट फर्म नवीकरण हुने, ५५०० सम्म जरिवाना लाग्ने