३० हजार मेट्रिकटन मल खरिदका लागि ठेक्का आह्वान

काठमाडौं । कृषि सामग्री लिमिटेडले ३० हजार मेट्रिकटन युरीया मल खरिदका लागि ठेक्का आह्वान गरेको छ ।

कम्पनीले मंगलबार ३० हजार मेट्रिकटन मल खरिदका लागि ‘ई बिडिङ’मार्फत ठेक्का आह्वान गरेको हो ।

इच्छुक कम्पनी/व्यक्तिले अगष्ट ६ (साउन २२ गते)सम्म कृषि सामग्री कम्पनीमा बोलपत्र पेश गर्नुपर्नेछ ।

गहुँ लगायत हिउँदे बालीका लागि उक्त मल खरिद गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीसँग हाल ४३ हजार ५०८ मेट्रिकटन मल मौज्दात रहेको छ ।

डिम्याट खाता नवीकरण नगर्नेको आजदेखि सेयर 'फ्रीज' हुने Read Previous

डिम्याट खाता नवीकरण नगर्नेको आजदेखि सेयर 'फ्रीज' हुने

लयमा फर्किँदै चीनको अर्थतन्त्र, जीडीपी ५ प्रतिशतले बढ्यो Read Next

लयमा फर्किँदै चीनको अर्थतन्त्र, जीडीपी ५ प्रतिशतले बढ्यो