नयाँ सरकारले पूरक बजेट नल्याउने, पुनले ल्याएकै बजेट कार्यान्वयन गर्ने

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद (केपी) शर्मा ओलीको नेतृत्वको सरकारले पूरक बजेट नल्याउने भएको छ ।

नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कार्यभार सम्हाल्दै सरकारले पूरक बजेट नल्याउने जानकारी दिएका हुन् ।

उनले नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न अघिल्लो सरकारले ल्याएको बजेट बाधक नबन्ने बताए ।

उनले बजेट कार्यान्वयनमा कुनै समस्या देखिएमा त्यसलाई प्रक्रियागत रुपमा संशोधन गर्न सकिने धारणा राखे ।

‘सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन । यदि बाधा देखियो भने कसरी फुकाउने भनेर कानुनी र संवैधानिक व्यवस्था छन् । सोही अनुसार संशोधन प्रक्रियामा जान्छौं,’ अर्थमन्त्री पौडेलले भने ।

संसद्का दुई ठूला दलसहितको संयुक्त सरकार बनेपछि राजनीतिक स्थिरताको सन्देश दिएको बताउँदै उनले स्थायी सरकार गठन भएसँगै मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गरे ।

‘अहिलेको निराशा चिर्ने र आशा जगाउने गरी सरकार अगाडि बढ्छ । उत्पादन र रोजगारीमा केन्द्रित भएर अघि बढ्ने छौँ, यसका लागि सबै क्षेत्रले परिवर्तित सन्दर्भमा सहयोग गर्ने अपेक्षा गरेको छु,’ उनले भने ।

अर्थमन्त्री पौडेलले के गरे पहिलो निर्णय ? Read Previous

अर्थमन्त्री पौडेलले के गरे पहिलो निर्णय ?

हामीले किस्ताबन्दी होइन, अतिरिक्त महसुल तिर्ने प्रमाण मागेका हौं : उद्योगी Read Next

हामीले किस्ताबन्दी होइन, अतिरिक्त महसुल तिर्ने प्रमाण मागेका हौं : उद्योगी