नेप्सेमा दोहोरो अंकको करेक्सन, यी ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा करेक्सन आएको छ । अघिल्ला ४ कारोबार दिनमै १२१ अंकले बढेको नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको हो ।

नयाँ सरकारको अर्थमन्त्रीमा एमालेका विष्णु पौडेल नियुक्त भए पनि आज उनको प्रभाव देखिएन । पौडेल सेयर बजारमैत्री अर्थमन्त्रीमा रुपमा चिनिन्छन् । यसअघि नेप्सेले दुई पटक अल टाइम हाइको रेकर्ड बनाउँदा अर्थमन्त्री पौडेल नै थिए ।

सोमबार नेप्से परिसूचक १७.१८ अंकले घटेर २२४०.४१ बिन्दुमा आइपुगेको छ । सूचकमा गिरावट आए पनि आज कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा करोबार रकम १ अर्ब ११ करोड रुपैयाँले बढेर ८ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

आज ३२२ कम्पनीको २ करोड ५० लाख ७९ हजार ७९७ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ९ समूहको परिसूचक घटेको छ भने ४ को बढेको छ । लगानी समूहको परिसूचक सर्वाधिक १.७० प्रतिशतले बढेको छ भने विकास बैंक १.८९ प्रतिशतले घटेको छ ।

आज माथिल्लो तामाकोशीको सर्वाधिक कारोबार भएको छ । यसको ३७ करोड ८ लाख रुपैयाँ बढीको २१ लाख ७४ हजार ७२८ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका मध्ये ५६ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने १८४ कम्पनीको घटेको छ ।

दोहोरो अंकले घटेको बजारमा पनि आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । माण्डू हाइड्रोपावर, सिभिल बैंक डिबेन्चर २०८८ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ को सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

जानकी फाइनान्सका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

अर्थमा पौडेलको चौथो 'इनिङ', नीतिगत 'बाउन्ड्री' हान्नुपर्ने चुनौती Read Previous

अर्थमा पौडेलको चौथो 'इनिङ', नीतिगत 'बाउन्ड्री' हान्नुपर्ने चुनौती

अर्थमन्त्री पौडेलले के गरे पहिलो निर्णय ? Read Next

अर्थमन्त्री पौडेलले के गरे पहिलो निर्णय ?