५० दिनका लागि बन्द भयाे मनकामना केबलकार, २६ वर्षपछि लठ्ठा फेरिँदै

काठमाडौं । मनकामना केबलकार आजदेखि ५० दिन बन्द भएको छ । केबलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न बन्द गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

‘एनालग’ प्रविधिमा रहेको केबलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

उनका अनुसार डिजिटल सिस्टममा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको हो । स्थापनाको २६ वर्षमा मुख्य केबल तार लट्ठा फेर्न लागिएको जनाइएको छ ।

यसका दक्ष प्राविधिक अष्ट्रियाको डोप्पलमेयर कम्पनीबाट आएका छन् । मनकामना केबलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको छ ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो ।

केबलकार सेवा बन्द रहे पनि उक्त अवधिभर चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस) स्थित केबलकारको प्रवेशद्वार (बटम स्टेसन) मा रहेको रेष्टुराँ सेवा भने निरन्तर रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।

बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति Read Previous

बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति

प्रधानमन्त्री केपी ओलीले लिए शपथ Read Next

प्रधानमन्त्री केपी ओलीले लिए शपथ