प्रधानमन्त्री केपी ओलीले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद (केपी) शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शितलनिवासमा प्रधानमन्त्री ओलीलाई सपथ खुवाएका हुन् ।

ओलीलाई आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । ओली प्रधानमन्त्री बनेको यो चौथोपटक हो ।

उनी यसअघि २०७२ असोज २४ गते पहिलोपटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि २०७४ को प्रतिनिधिसभाको चुनावपछि सबैभन्दा ठूलो दलको हैसियतमा ओली २०७४ फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्री बनेका थिए । त्यस्तै, २०७८ साल वैशाख ३० गते राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

शुक्रबार प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै ओली नयाँ सरकारको प्रधानमन्त्री बनेका हुन् । उनलाई संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेससहित दलहरूको समर्थन छ ।

प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

५० दिनका लागि बन्द भयाे मनकामना केबलकार, २६ वर्षपछि लठ्ठा फेरिँदै Read Previous

५० दिनका लागि बन्द भयाे मनकामना केबलकार, २६ वर्षपछि लठ्ठा फेरिँदै

२२ सदस्यीय मन्त्रिपरिषद् गठन, अर्थमा पौडेल, को कुन मन्त्री बने ? Read Next

२२ सदस्यीय मन्त्रिपरिषद् गठन, अर्थमा पौडेल, को कुन मन्त्री बने ?