२२ सदस्यीय मन्त्रिपरिषद् गठन, अर्थमा पौडेल, को कुन मन्त्री बने ?

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद (केपी) शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले सोमबार २२ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् ।

उनको मन्त्रिपरिषद्मा काँग्रेसको तर्फबाट १०, एमालेबाट ८, जनता समाजवादीबाट २ र लोकतान्त्रिक समाजवादीबाट एक जना मन्त्री बनेका छन् ।

कांग्रेसबाट प्रकाशमान सिंह उपप्रधान तथा सहरी विकास मन्त्री बनेका छन् । त्यसैगरी, रमेश लेखक गृहमन्त्री, आरजु राणाा देउवा परराष्ट्र, तेजुलाल चौधरी युवा, अजय चौरसिया कानुन, दीपक खड्का ऊर्जा, ऐनबहादुर शाही वन, प्रदीप पौडेल स्वास्थ्य, रामनाथ अधिकारी कृषि र बद्री पाण्डे पर्यटन मन्त्री बनेका छन्

एमालेबाट उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ सञ्चार तथा सूचना, बलराम अधिकारी भूमि व्यवस्था, दामोदर भण्डारी उद्योग, विद्या भट्टराईले शिक्षा, मानवीर राई रक्षा, राजकुमार गुप्ता संघीय मामिला, देवेन्द्र दाहाल भौतिक मन्त्री बनेका छन्

यस्तै लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन्

जनता समाजवादीका प्रदीप यादव खानेपानी र नवलकिशोर साह महिला तथा बालबालिका मन्त्री बनेका छन् ।

प्रधानमन्त्री केपी ओलीले लिए शपथ Read Previous

प्रधानमन्त्री केपी ओलीले लिए शपथ

अर्थमा पौडेलको चौथो 'इनिङ', नीतिगत 'बाउन्ड्री' हान्नुपर्ने चुनौती Read Next

अर्थमा पौडेलको चौथो 'इनिङ', नीतिगत 'बाउन्ड्री' हान्नुपर्ने चुनौती