सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । पछिल्लो समय दिनदिनै जसो नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्य आज इतिहासकै महँगो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेर १ लाख ४६ हजार ९०० रुपैयाँ पुगेको छ ।

यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि असार २८ गते सुनको मूल्य १ लाख ४६ हजार ७०० रुपैयाँ पुगेको थियो।

महासंघका अनुसार आज तेजावी सुनको भाउ प्रतितोला १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ४०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढेर १८८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

साउनमा १३ बैंकले घटाए ब्याजदर, दुईले बढाए, कुनको कति ? Read Previous

साउनमा १३ बैंकले घटाए ब्याजदर, दुईले बढाए, कुनको कति ?

बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति Read Next

बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति