आँखुखोला जलविद्युतको हकप्रद पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनीको १५० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले हकप्रद प्रयोजनका लागि भोलि (साउन १ गते) बुकक्लोज मिति तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले कम्पनीको हकप्रदमा आवेदन दिन पाउने छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँँ दरले १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले नयाँ आयोजना र बैंकको ऋण तिर्न हकप्रद जारी गर्न लागेको हो ।

हाल ८० करोड चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि २ अर्ब रुपैयाँ पुग्नेछ ।

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता २८ महिनामा तिर्न पाउने Read Previous

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता २८ महिनामा तिर्न पाउने

साउनमा १३ बैंकले घटाए ब्याजदर, दुईले बढाए, कुनको कति ? Read Next

साउनमा १३ बैंकले घटाए ब्याजदर, दुईले बढाए, कुनको कति ?