डेडिकेटेड र ट्रंक लाइनको बक्यौता २८ महिनामा तिर्न पाउने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगीलाई डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता २८ महिनामा तिर्न सक्ने सुविधा दिएको छ ।

प्राधिकरण संचालक समितिको असार २६ गतेको बैठकले विद्युत् बक्यौता रकम २८ महिनामा तिर्न सक्ने व्यवस्था मिलाइने निर्णय गरेको हो ।

प्राधिकरणले एक सूचना जारी गर्दै डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेका उद्योगहरूले किस्ताबन्दीमा २८ महिना भित्र बक्यौता महसुल बुझाउन सक्ने जानकारी गराएको हो ।

यससँगै अब २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत् उपभोग गरेका उपभोक्ताहरूले प्राधिकरणलाई तिर्न बाँकी बक्यौता महसुल अधिकतम २८ महिनामा तिर्न सक्नेछन् ।

किस्ताबन्दी सुविधा लिन इच्छुक उपभोक्ताहरूले सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी उपलब्ध सुविधाको लाभ लिन सक्ने प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएको छ ।

न्युरोडमा फुटपाथ विस्तारको बाटो खुल्यो Read Previous

न्युरोडमा फुटपाथ विस्तारको बाटो खुल्यो

आँखुखोला जलविद्युतको हकप्रद पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

आँखुखोला जलविद्युतको हकप्रद पाउन सेयर किन्ने आज अन्तिम दिन