काठमाडौं । सनराइज बैंक र टर्किस एयरलाइन्सबीच टिकट सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकलाई एयरलाइन्सको टिकटमा १० प्रतिशत छुट हुने भएको छ ।
एयरलाइन्सको तर्फबाट नेपालको लागि कन्ट्री म्यानेजर अब्दुल्ला टुन्चेर केचिची र सनराइज् बैंककातर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता अन्तर्गत सनराइजका ग्राहकहरुले टर्किस एयरलाइन्सको टिकट खरिद गर्दा इकोनोमिक क्लासमा ७ प्रतिशत सम्म र बिजनेस क्लासमा १० प्रतिशत सम्मको छुट पाउने व्यवस्था गरिएको छ ।
साथै उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले युरोप भ्रमणमाजाँदा थप १० केजीसम्म सामान लैजान पाउने व्यवस्था गरिएको छ । छुटका लागि ग्राहकहरुले टर्किस एयरलाइन्सको काठमाडौं स्थित नारायणहिटीमा रहेको कार्यालयमा आफ्नो परिचय स्वरुप बैंकको कार्ड देखाइ टिकट खरिद गर्नुपर्नेछ ।