माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारीमा अर्याल, महाप्रबन्धकमा जमरकटेल

काठमाडौं । माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा प्रसिद्धराज अर्याल बढुवा भएका छन् । बैंक संचालक समितिको असार २७ गते बसेको बैठकले उनलाई बढुवा गर्ने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले बैंकको नायब महाप्रबन्धकमा सुभाष जमरकटेललाई बढुवा गरेको छ ।

काठमाडौं विश्वविद्यालयबाट व्यपार प्रशासन संकायमा स्नातकोतर गरेका अर्यालसंग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ्ग, शाखा संचालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ्ग क्षेत्रमा १६ वर्षभन्दा बढीको अनुभव, ज्ञान र कौशल रहेको छ । अर्याल यसअघि सिभिल बैंक, सनराइज बैंक, र नेपाल इन्भेष्टमेन्ट बैंकमा समेतमा रही विभिन्न पदमा कार्य अनुभवी रहेका छन् ।

यसैगरी, सन् २०१० देखि आफ्नो बैंकिङ करियर सुरू गरेका जमरकटेल सन् २०११ देखि माछापुच्छ्रे बैंकमा आबद्ध छन् । जमरकटेल लेखा र बैंकिङ क्षेत्रमा विशेषज्ञता भएको उच्च दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्टको रूपमा चिनिन्छन् । उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इन्डिया बाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा कानुनमा स्नातक तहको डिग्री प्राप्त गरेका छन् ।

यसबाहेक उनले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी), थाइल्याण्डबाट बैंकिङ र फाइनान्समा प्रोफेसनल मास्टर्स डिग्री समेत हासिल गरेका छन् ।

ढल्यो प्रचण्ड सरकार, पाँचौंपटक विश्वासको मत पाउन असफल Read Previous

ढल्यो प्रचण्ड सरकार, पाँचौंपटक विश्वासको मत पाउन असफल

रुख कटानको अनुमति नपाउँदा तनहुँ जलविद्युत्को प्रसारण लाइन निर्माण प्रभावित Read Next

रुख कटानको अनुमति नपाउँदा तनहुँ जलविद्युत्को प्रसारण लाइन निर्माण प्रभावित