काठमाडौं । गृहमन्त्रालयले रात्रि बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ । वर्षायाममा रात्रि बस चलाउँदा जोखिम बढेको भन्दै गृहले रोक लगाउने प्रस्ताव गरेको हो ।
आज बिहान नारायणगढ-मुग्लिन सडकमा पहिरोले दुई वटा बस त्रिशूलीमा खसालेर यात्रु बेपत्ता भएपछि मन्त्रालयले कम्तीमा वर्षायाम भरी रात्रि बस संचालनमा रोक लगाउन प्रस्ताव गरेको हो ।
गृहले रात्रि बस रोक लगाउने बारे अहिले सिंहदरबारमा यातायात व्यवसायीका प्रतिनिधिहरूसँग छलफल गरिरहेको छ । व्यवसायीसँगको छलफलपछि निष्कर्षमा पुगिने मन्त्रालयले जनाएको छ ।
यसअघि २०७९ साल साउनमा त्रिभुवन राजपथ हुँदै काठमाडौं आउने रात्रि बस संचालनमा रोक लगाएको थियो ।