साधना र सबैको लघुवित्तको सेयर कारोबार रोक्का, अब नयाँ नामबाट कारोबार हुने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत थप दुई लघुवित्तको सेयर कारोबार रोक्का भएको छ ।

एकआपसमा मर्ज भई असार ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएसँगै साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको हो ।

दुई लघुवित्तले अब ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गर्ने छन् । अब यही नयाँ नामबाट दुवै लघुवित्तको सेयर कारोबारमा आउने छ ।

दुई लघुवित्तलाई एक आपसमा गाभिन राष्ट्र बैंकले जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो । दुई लघुवित्तले गत वैशाख १२ गते मर्जर सम्बन्धी अन्तिम र २०८० भदौ १५ गते प्रारम्भिक सम्झौता गरेका थिए ।

दुई लघुवित्त समान हैसियत अर्थात १ः१ सेयर अनुपातमा मर्ज हुन लागेका हुन् । हाल साधनाको चुक्ता पूँजी ३८ करोड २२ लाख रुपैयाँ र सबैको लघुवित्तको ३१ करोड ८६ लाख रुपैयाँ रहेको छ । मर्जरपछि एकीकृत चुक्ता पूँजी ७० करोड ८ लाख रुपैयाँ पुग्नेछ ।

तत्काल ५ उद्योगमा बिजुली नजोडे आफ्नो उद्योगको लाइन आफैं काट्ने उद्योगीको चेतावनी Read Previous

तत्काल ५ उद्योगमा बिजुली नजोडे आफ्नो उद्योगको लाइन आफैं काट्ने उद्योगीको चेतावनी

'राज्यले ६० अर्ब भुक्तानी नदिँदा निर्माण उद्योग बन्द हुने अवस्था आयो'  Read Next

'राज्यले ६० अर्ब भुक्तानी नदिँदा निर्माण उद्योग बन्द हुने अवस्था आयो'