आइएमई इलेक्ट्रीक ६ महिनामै ‘मोटुल इन्डिया एलिट क्लब’मा समावेश

काठमाडौं । नेपालका लागि मोटुल लुब्रिकेन्टको आधिकारिक वितरक आइएमई इलेक्ट्रिक ‘मोटुल इन्डिया एलिट क्लब’ समावेश भएको छ ।

नेपालमा मोटुल लुब्रिकेन्ट बिक्री वितरण सुरू गरेको ६ महिनामै आइएमई एलिट क्लबमा प्रवेश गर्न सफल भएको हो ।

आइएमई इलेक्ट्रिक आइएमई ग्रुप अन्तर्गतको सहायक कम्पनी हो । यसले २०२३ डिसेम्बरदेखि नेपालमा मोटुल लुब्रिकेन्टको बिक्री सुरू गरेको थियो ।

नेपाली बजारमा उल्लेखनीय उपलब्धि हासिल गरे बापत मोटुल इन्डियाले आइएमईलाई सो प्रतिष्ठित एलिट क्लबमा सहभागी गराएको हो ।

मोटुल इन्डियाले हालै चेक रिपब्लिकको प्रागमा एलिट क्लब कन्फ्रेन्स सम्पन्न गरेको थियो । जहाँ भारत, नेपाल, बंगलादेश र श्रीलंकाका टप पर्फमेन्स गरेका डिस्ट्रिब्युटर सहभागी थिए । असाधारण रुपमा कार्यमा समर्पित भएर बिक्री बढाए बापत डिष्ट्रिब्युटर तथा डिलरलाई मान्यता प्रदान गर्न सो कन्फ्रेन्स आयोजना गरिएको थियो ।

आइएमई मोटर्स तथा आइएमई इलेक्ट्रिकका सीईओ हेमन्त पुराणिकले एलियट क्लबमा पुग्नु आइएमई इलेक्ट्रिक टिमले गरेको कठिन कार्य, समर्पण र असाधारण प्रदर्शनको परिणाम भएको बताए ।

‘म मोटुल इन्डियाको प्रतिष्ठित एलिट क्लबमा समावेश हुन पाएकोमा सम्मानित र खुसीको अनुभव गरेको छु । यो हाम्रो सम्पूर्ण टिमले गरेको कठिन कार्य, समर्पण र असाधारण प्रदर्शनको परिणाम हो । प्रतिष्ठित साथीहरूका बीचमा सम्मानित हुन पाउनु नै एक महत्वपूर्ण उपलब्धी हो,’ उनले भने, ‘यो सम्मानले हाम्रो उद्योगमा गरिएको उत्कृष्टता र नवीनताप्रतिको प्रतिबद्धतालाई अझै सुदृढ बनाउँछ । आगामी दिनमा हाम्रो यो साझेदारी निरन्तर रहने छ । र, अझै ठूला उपलब्धिका लागि साथै मिलेर काम गर्न तत्पर रहने छु ।’

विश्वव्यापी रुपमा ‘सिन्थेटिक लुब्रिकेन्टको विशेषज्ञ’ को पहिचान कायम गरेको मोटुल फ्रेन्च कम्पनी हो । जसले पर्फमेन्स प्रोडक्टको उत्पादन र बजारीकरणका लागि विशेषज्ञता हासिल गरेको छ ।

विगत १५० वर्षदेखि मोटुल क्वालिटी, इनोभेसन र रेसिङका लागि पर्यायवाची बनेको छ । मोटुलले कमर्सियल भेहिकल, कार, मोटरसाइकल, थ्री ह्वीलर, ट्रयाक्टर र इन्डष्ट्रियल सेक्टरका लागि हाई(पर्फमेन्स लुब्रिकेन्ट उपलब्ध गराउँदै आएको छ ।

माछापुच्छ्रे बैंककाे एटीएम तोडफोड गर्ने दुई जना पक्राउ Read Previous

माछापुच्छ्रे बैंककाे एटीएम तोडफोड गर्ने दुई जना पक्राउ

विदेशी मुद्रा संचिति इतिहासकै धेरै, १५ महिनाको आयात धान्ने Read Next

विदेशी मुद्रा संचिति इतिहासकै धेरै, १५ महिनाको आयात धान्ने