माछापुच्छ्रे बैंककाे एटीएम तोडफोड गर्ने दुई जना पक्राउ

काठमाडौं । माछापुच्छ्रे बैंकको एटीएम मेसिन तोडफोडको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुढानिलकण्ठ नगरपालिका-३ रुद्रेश्वर चोकस्थित माछापुच्छ्रे बैंकको एटीएम मेसिन तोडफोड गरेको अभियोगमा नुवाकोट किस्पाङ गाउँपालिका-१ घर भई हाल बुढानिलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले एटीएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा उनीहरूलाई आज बिहान पक्राउ गरिएको जानकारी दिए ।

दुई लघुवित्तको सेयर कारोबार रोक्का, अब नयाँ नामबाट कारोबार हुने Read Previous

दुई लघुवित्तको सेयर कारोबार रोक्का, अब नयाँ नामबाट कारोबार हुने

आइएमई इलेक्ट्रीक ६ महिनामै 'मोटुल इन्डिया एलिट क्लब'मा समावेश Read Next

आइएमई इलेक्ट्रीक ६ महिनामै 'मोटुल इन्डिया एलिट क्लब'मा समावेश