नक्कली लाइसेन्स बनाउने तत्कालीन यातायात प्रमुखसहित १५ जनाविरूद्ध मुद्दा दायर

काठमाडौं । नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउने यातायात कार्यालयका प्रमुखसहित १५ जना विरुद्ध मुद्दा दायर भएको छ ।

सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले यातायात व्यवस्था कार्यालय, बुटवलका तत्कालीन प्रमुख केशव अर्यालसहित १५ जना विरुद्ध मुद्दा दायर गरेको हो ।

यातायात व्यवस्था विभाग मीनभवनको पत्रपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उनीहरू विरुद्ध मुद्दा दायर भएको हो ।

सीआइबीले कम्प्युटर अपरेटर पदमराज आचार्य, अधिकृत सुवास पौडेल, राजेश लम्साल, कम्प्युटर अपरेटर दिलिपकुमार साह, केशव पौडेल विरुद्ध मुद्दा दर्ता गराएको हो । हाल उनीहरू सीआइबीको हिरासतमा छन् ।

त्यसैगरी, नारायणप्रसाद पाण्डे, विवेक भण्डारी, विजय चौधरी, लक्ष्मण पाण्डे, रामकृष्ण श्रेष्ठ, विनोद भण्डारी, ज्ञानराज पाण्डे, प्रविन भन्ने फानेश्वर सापकोटा र सन्दीप श्रेष्ठविरूद्ध मुद्दा दायर भएको हो।

सीआइबीले हाल नक्कली लाइसेन्स बारे अनुसन्धान गरेको छ । यातायातका कर्मचारीले ढड्डामा फर्जी विवरण हालेर गैरकानुनी रुपमा नक्कली लाइसेन्स वितरण गर्ने गरेको अनुसन्धानबाट खुलेको थियो ।

सीआइबीको अनुसन्धान अनुसार देशभरका यातायात कार्यालयबाट १ लाख बढी नक्कली लाइसेन्स जारी भएको देखिएको छ ।एउटै लाइसेन्सका लागि १ लाख रुपैयाँसम्म असुल्ने गरेको पाइएको सीआइबीले जनाएको छ ।

एक सातापछि मुगुमा हवाई उडान सञ्चालन Read Previous

एक सातापछि मुगुमा हवाई उडान सञ्चालन

प्रभु इन्स्योरेन्सले हकप्रद जारी गर्न अनुमति माग्दै बोर्डमा दियो आवेदन Read Next

प्रभु इन्स्योरेन्सले हकप्रद जारी गर्न अनुमति माग्दै बोर्डमा दियो आवेदन