प्रभु इन्स्योरेन्सले हकप्रद जारी गर्न अनुमति माग्दै बोर्डमा दियो आवेदन

काठमाडौं । प्रभु इन्स्योरेन्सले ५०.१५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले १:०.५०१५ अनुपातमा हकप्रद बिक्रीको अनुमति माग्दै असार १९ गते आवेदन दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ८३ करोड ५० लाख १३ हजार ५४४ रुपैयाँ बराबरको ८३ लाख ५० हजार १३५.४४ कित्ता हकप्रद सेयर बिक्री गर्नका लागि अनुमति मागेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४४ करोड १४ लाख ८८ हजार रुपैयाँ छ । प्रस्तावित हकप्रद सेयर बिक्रीपछि चुक्ता पूँजी २ अर्ब २७ करोड ६५ लाख १ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ ।

नक्कली लाइसेन्स बनाउने तत्कालीन यातायात प्रमुखसहित १५ जनाविरूद्ध मुद्दा दायर Read Previous

नक्कली लाइसेन्स बनाउने तत्कालीन यातायात प्रमुखसहित १५ जनाविरूद्ध मुद्दा दायर

आयोगको प्रतिवेदन लागू नगरी प्राधिकरणले उल्टो धम्क्याउन थाल्यो : व्यवसायी Read Next

आयोगको प्रतिवेदन लागू नगरी प्राधिकरणले उल्टो धम्क्याउन थाल्यो : व्यवसायी