एक सातापछि मुगुमा हवाई उडान सञ्चालन

मुगु । मुगुस्थित रारा विमानस्थलमा आजदेखि हवाई उडान सञ्चालन भएको छ । अविरल वर्षाका कारण सात दिनदेखि अवरूद्ध हवाई उडान आजदेखि पुनः सञ्चालनमा आएको हो ।

रारा नागरिक उड्यन कार्यालय ताल्चका प्रमुख कृष्ण रिजालका अनुसार मौसममा केही सुधार भएपछि आज समिट र तारा एअरले उडान गरेका हुन् । हवाई उडान नहुँदा यात्रुहरु मुगुमै बस्न बाध्य थिए ।

कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा विगत सात दिनदेखिको अविरल वर्षाका कारण बाक्लो हुस्सु र कुहिरो लाग्दा हवाई उडान अवरुद्ध हुँदै आएको थियो ।

‘गाडीबाट जाउँ भने बाटो बिग्रेको छ, जहाज आउँदैन । सात दिनदेखि सुर्खेत जान तयार भएको थिएँ बल्ल आज मौसममा सुधार आएपछि प्लेनमा यात्रा गर्न पाइयो खुसी लाग्यो,’ छायाँनाथ रारा नगरपालिका गमगढीका नौलासिंह नेपालीले बताए।रासस

जलस्रोत विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो Read Previous

जलस्रोत विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

नक्कली लाइसेन्स बनाउने तत्कालीन यातायात प्रमुखसहित १५ जनाविरूद्ध मुद्दा दायर Read Next

नक्कली लाइसेन्स बनाउने तत्कालीन यातायात प्रमुखसहित १५ जनाविरूद्ध मुद्दा दायर