लक्ष्मी सनराइज बैंकको ८३ लाख कित्ता सेयर लिलामीमा आयो

काठमाडौं । लक्ष्मी सनराइज बैंकको झण्डै ८३ लाख कित्ता संस्थापक (प्रमोटर) सेयर लिलामीमा आएको छ ।

बैंकका संस्थापक सेयरधनीको नाममा रहेको ८२ लाख ९७ हजार ५६५ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।

उक्त सेयरमा हाललाई बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । संस्थापक सेयरधनीले नकिनेमा दोस्रो चरणमा सर्वसाधरणका लागि बिक्रीमा ल्याइने बैंकले जनाएको छ ।

बैंकको सेयर किन्न इच्छुक लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

बिक्री मूल्य भने खुलाइएको छैन । इच्छुक लगानीकर्ताले आजको ३५ दिन भित्र बैंकको मुख्य कार्यालय, हात्तीसार, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

जब पुटिन आफैंले इलेक्ट्रिक भ्यान चलाएर मोदीलाई घुमाए (भिडियोसहित) Read Previous

जब पुटिन आफैंले इलेक्ट्रिक भ्यान चलाएर मोदीलाई घुमाए (भिडियोसहित)

बाढीले बगायो ४१ पुल, ७८ जनाको गयो ज्यान Read Next

बाढीले बगायो ४१ पुल, ७८ जनाको गयो ज्यान