बाढीले बगायो ४१ पुल, ७८ जनाको गयो ज्यान

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन्भने रु १० करोडभन्दा बढीको क्षति भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ७८ जनाको मृत्यु भएको हो । जेठ २८ देखि आज विहानसम्म बाढीपहिरा परेर ९० जनाघाइते र पाँचजना वेपत्ता भएका छन् ।

बाढीपहिराका कारण ३८१ पशु चौपायको मरेका, ९८ गोठमा क्षति भएको, ५९५ घर विस्थापित भएका छन् । विपद् व्यवस्थापनका निम्ति ५ हजार ४१ प्रहरी परिचालन गरिएको छ ।

बाढीपहिरोले एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ वटा पुल बगाएको छ । यस्तै, १६१ घर डुबानमा परेका र ११६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अविरल वर्षाका कारण देशभर १ हजार २८ घटना भएका र त्यसबाट रु १० करोड १८ लाख ८५ हजार ७०० बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।

लक्ष्मी सनराइज बैंकको ८३ लाख कित्ता सेयर लिलामीमा आयो Read Previous

लक्ष्मी सनराइज बैंकको ८३ लाख कित्ता सेयर लिलामीमा आयो

रास्वपाले गर्‍यो मुकुल ढकाललाई कारबाही, सबै जिम्मेवारीबाट हटायो Read Next

रास्वपाले गर्‍यो मुकुल ढकाललाई कारबाही, सबै जिम्मेवारीबाट हटायो