रास्वपाले गर्‍यो मुकुल ढकाललाई कारबाही, सबै जिम्मेवारीबाट हटायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई पदीय जिम्मेवारीबाट हटाएको छ ।

मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।

बैठकले केन्द्रीय अनुशासन आयोगले गरेको सिफारिस अनुसार ढकाललाई पदमुक्त गर्ने निर्णय भएको हो । पार्टीले उनको साधरण सदस्यता भने कायमै राखेकाे छ ।

ढकालले पार्टीको आचारसंहिता उल्लंघन गरेको र पार्टीलाई क्षतिसमेत पुर्याएको भन्दै पार्टीले कारबाही गरेको हो ।

बाढीले बगायो ४१ पुल, ७८ जनाको गयो ज्यान Read Previous

बाढीले बगायो ४१ पुल, ७८ जनाको गयो ज्यान

नेपालबाट बिजुली किन्न बंगलादेशले पठायो पत्र, यी दुई हाइड्रोको पठाइने Read Next

नेपालबाट बिजुली किन्न बंगलादेशले पठायो पत्र, यी दुई हाइड्रोको पठाइने