एजेन्सी । मस्कोसँग दीर्घकालीन सम्बन्ध बनाउने र पश्चिमी सुरक्षा सम्बन्धहरूलाई घनिष्ठ बनाउने बीचको राम्रो रेखामा कदम चाल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार रुस पुगेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणमा मोदी रुस पुगेका हुन् । मोदी तेस्रो कार्याकलका लागि प्रधानमनत्री बनेपछि पहिलो विदेश भ्रमण रुस गएका हुन् ।
मोदीलाई मस्को विमानस्थलमा रुसी सेनाको एक टुकडीले ‘गार्ड अफ अनर’ समेत दिएको थियो । पुटिन र मोदी बीच सोमबारै राष्ट्रपति निवासमा अनौपचारिक भेटघाट भएको थियो । सो क्रममा पुटन आफैंले इलेक्ट्रिक भ्यान चलाएर मोदीलाई घुमाएका थिए ।
दुई नेता बीच मंगलबार औपचारिक भेटवार्ता भएको छ । उनीहरु बीच द्धिपक्षीय व्यायापार, सम्बन्ध, सहयोग लगायत विषयमा कुराकानी भएको बताइएको छ । भेटका क्रममा मोदीले रुसी सेनामा आबद्ध भारतीयलाई आग्रह गरेको र पुटिन फिर्ता गर्न सहमत भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले बताएका छन् ।
मोदीले पछिल्लो पटक सन् २०१९ मा रुसको भ्रमण गरेका थिए र दुई वर्षपछि रुसले युक्रेनविरुद्ध आक्रमण सुरु गर्नुभन्दा केही साताअघि नयाँदिल्लीमा पुटिनलाई स्वागत गरेका थिए ।
#WATCH | Visuals of PM Narendra Modi and Russian President Vladimir Putin in Novo-Ogaryovo
(Source: Russia in India Twitter handle) pic.twitter.com/toefzIyq7c
— ANI (@ANI) July 8, 2024
युरोप र अमेरिकाले आर्थिक नाकाबन्दी लगाएपछि मस्को भारतका लागि कम मूल्यमा तेल र हतियारहरूको प्रमुख आपूर्तिकर्ता बनेको । हालैका वर्षहरूमा पश्चिमी शक्तिहरूले पनि चीन र एसिया–प्रशान्तमा उनीहरूको बढ्दो प्रभावका रूपमा भारतलाई रुसबाट टाढा रहन दबाब दिँदै भारतसँग सम्बन्ध विकास गरेका छन् ।
भारत त्यसबेलादेखि रुसको स्पष्ट निन्दा गर्नबाट पछि हटेको छ र संयुक्त राष्ट्रसङ्घका प्रस्तावहरूबाट टाढा बसेको छ । तर युक्रेनसँगको रुसको लडाइँबाट भारतले पनि मानवीय मूल्य चुकाउनुपरेको छ ।
तेल र हतियार
नयाँदिल्ली र क्रेमलिनले शीतयुद्धपछि घनिष्ठ सम्बन्ध कायम गरेका छन् । रुस लामो समयसम्म भारतको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता थियो । तर युक्रेनले रुसको हतियार आपूर्तिलाई पातलो बनाएको छ । यसबाट भारत हतियारका लागि अन्य स्रोतहरूमा ध्यान केन्द्रीत गर्न बाध्य हुनुपरेको छ । यसमा आफ्नै रक्षा उद्योग बढाउने पनि रहेको छ ।
स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार हालका वर्षहरूमा भारतीय हतियारहरूको आयातमा रुसको हिस्सा अत्यन्त कम भएको छ ।
यही समयमा भारत रुसी तेलको प्रमुख खरिदकर्ता बनेको छ । युरोपमा मस्कोलाई परम्परागत खरिदकर्ताहरूबाट अलग गरेपछि भारतले अत्यावश्यक निर्यात बजार उपलब्ध गराएको छ । यसले नाटकीय रूपमा ऊर्जा सम्बन्धलाई नयाँ आकार दिएको छ । भारतले मस्कोको युद्ध कोषलाई बलियो बनाउँदै अर्बौं डलर बचत गरेको छ ।
सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयरद्वारा सङ्कलित कमोडिटी ट्र्याकिङ डाटाअनुसार भारतको रुसी कच्चा तेलको मासिक आयात मेमा ८ प्रतिशतले बढेर सन् २०२३ जुलाई यताकै उच्चस्तरमा पुगेको छ । तर यसको परिणामले गत आर्थिक वर्षमा रुससँग भारतको व्यापार घााटा बढेर ५७ अर्ब डलरभन्दा केही बढी भएको छ ।