आज राति टेलिकममा ब्यालेन्स रिचार्ज नहुने

काठमाडौं । आज राति नेपाल टेलिकमको ब्यालेन्स रिचार्ज सेवा प्रभावित हुने भएको छ ।

बिलिङ प्रणाली स्तरोन्नति परीक्षण हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म ब्यालेन्स रिचार्ज, प्याकेज खरिद, सोधपुछ सेवा प्रभावित हुन सक्ने टेलिकमले जनाएको छ ।

उक्त समयभन्दा अगाडि नै आवश्यक पर्ने ब्यालेन्स रिचार्ज तथा प्याकेज खरिद गर्न टेलिकमले ग्राहकहरूलाई अनुरोध गरेको छ ।

मोबाइल भ्वाइस, डाटा, एसएमएस तथा एफटीटीएच भ्वाइस, डाटा, आइपीटीभी आदि सेवाहरू भने यथावत संचालन हुने टेलिकमले जनाएको छ ।

अब उद्योग वाणिज्य महासंघको अध्यक्ष  प्रत्यक्ष निर्वाचनबाट चुनिने Read Previous

अब उद्योग वाणिज्य महासंघको अध्यक्ष  प्रत्यक्ष निर्वाचनबाट चुनिने

५० किलोमा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध Read Next

५० किलोमा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध