५० किलोमा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गए रातिदेखि सडक अवरुद्ध भएको छ ।

सडकमा लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

पाँचखाल नगरपालिका–८ स्थित उक्त सडकमा पहिरो खसेर करिब १५० मिटर सडक अवरुद्ध भएको हो । गए राति ९ बजेदेखि सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारी रोकिएका छन् ।

साना सवारीलाई वैकल्पिक बाटोबाट पठाइएको प्रहरीले जनाएको छ । प्रवक्ता श्रेष्ठका अनुसार पहिरो खस्न केही कम भएकाले आज बिहानदेखि मेसिनद्वारा पहिरो पन्छाउन थालिएको छ ।

आज राति टेलिकममा ब्यालेन्स रिचार्ज नहुने Read Previous

आज राति टेलिकममा ब्यालेन्स रिचार्ज नहुने

समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न राष्ट्र बैंकको ५ बुँदे सुझाव Read Next

समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न राष्ट्र बैंकको ५ बुँदे सुझाव