काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अवस्थित टीथ्री थकाली एण्ड मल्टी कुजिन र साइनो तन्दुरी एण्ड द सेकुवा कर्नरमा विशेष छुट पाउने भएका छन् ।
बैंक र दुई रेष्टुरेन्ट बीच विशेष छुट सम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा टीथ्री थकाली ग्रुपका अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचन र बैंकका तर्फबाट बाग्मती प्रदेश प्रमुख अधिकृत विकास शर्मा गुरागाईले हस्ताक्षर गरे ।
सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी र ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रेष्टुरेन्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा १० प्रतिशत छुट पाउने छन् ।
प्रभु बैंक हालै ‘बैंक अफ द इयर २०२३’ र फिनाकल इन्फोसिस इनोभेसन गोल्ड-२०२४ अवार्डबाट सम्मानित भएको छ ।
बैंकले देशभरका ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।