काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिचार्जमा बर्षाद अफर सार्वजनिक गरेको छ।
यस अफर अन्तर्गत ग्राहकले इन्टरनेट टीभीको वार्षिक रिचार्ज गर्दा ५ रुपैयाँमा ५ महिनासम्म बोनस, ५० प्रतिशतसम्म छुट र वाइफाइ ६ डुयल ब्यान्ड ५ गिगाहर्ज राउटर पाउने छन् ।
यो अफर असार २० गतेसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकले क्लासिक टेक मोबाइल एप्स अथवा नजिकैको ब्रान्चमा गएर अफरको सुविधा लिन सक्नेछन् ।
यस्तै, वालेट पार्टनर सेलपे मार्फत रिचार्ज गर्दा १ जना ग्राहकले रोयल इन्डफिल्ड क्लासिक ३५० सीसीको बुलेट बाइक जित्न सक्ने छन्। साथै हरेक महिना आइप्याड, र एपल वाच समेत जित्न सक्ने छन् ।
यसैगरी, नयाँ ग्राहकले ६९९ रुपैयाँमै २०० एमबीपीएस हाइ स्पीड इन्टरनेट जडान गर्न सक्नेछन् । यसमा ग्राहकले आइपी टीभी र वाइफाइ ६ भएको डुयल ब्यान्ड ५ गिगाहर्ज राउटर पाउने छन् ।
थप जानकारीको लागि ९८०२९२२३०४ मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।