फाइनान्सको सेयरमा उछाल, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । अघिल्ला दुई दिनमा ६३ अंकले बढेको नेप्सेमा आज करिब ४ अंकले बढेको हो ।

आज बजार खुलेदेखि लगातार ओरालो लागेको नेप्से अन्त्यमा हरियो भएर बन्द भएको हो । सोमबार राति संसदका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने सहमति भएसँगै हिजाे नेप्सेमा ४७ अंकको उछाल आएको थियो ।

बुधबार नेप्से परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ बिन्दुमा पुगेको छ । सूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारेबार रकम ५१ करोड रुपैयाँले बढेर ५ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

आज ३१४ कम्पनीको १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचक बढेको छ भने ८ को घटेको छ । फाइनान्स र व्यापार समूहकाे परिसूचकमा उछाल आएको छ । यी दुवै समूहको परिसूचक ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज मञ्जुश्री फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको २३ करोड १ लाख रुपैयाँ बढीको ३ लाख ९७ हजार ३०६ कित्ता सेयर किनबेच भएको छ । सर्वाधिक कारोबार हुने शीर्ष ५ कम्पनीमा सबै फाइनान्स नै रहेका छन् ।

कारोबारमा आएका मध्ये १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ कम्पनीको घटेको छ ।

बढ्दोे बजारमा आज ४ फाइनान्स कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागको छ । सेन्टर र आइसीएफसी फाइनानसको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । त्यस्तै, गृह्येश्वरी मर्चेन्ट र मञ्जुश्री फाइनान्सका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

आज चिरख्वा हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ४.७० प्रतिशत गुमाएका छन् ।

साल्ट ट्रेडिङले बढायो नुनको मूल्य Read Previous

साल्ट ट्रेडिङले बढायो नुनको मूल्य

पाकेको आधा ब्याज तिरेर सहकारीकाे ऋण पुनर्तालिकीकरण गर्न पाइने, हर्जना नलाग्ने Read Next

पाकेको आधा ब्याज तिरेर सहकारीकाे ऋण पुनर्तालिकीकरण गर्न पाइने, हर्जना नलाग्ने