साल्ट ट्रेडिङले बढायो नुनको मूल्य

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।

समायोजित मूल्यअनुसार आयोनुन १ किलो प्याकेटको २३ रुपैयाँबाट बढेर २६ रुपैयाँ पुगेको छ ।

त्यस्तै, न्यू शक्ति नुन एक किलोको १७ रुपैयाँ रहेकामा बढेर २० रुपैयाँ कायम भएको छ । भानू नुन एक किलोको मूल्य ९ रुपैयाँ तोकिएको छ ।

चालु वर्षमा ३८३ नयाँ उद्योग दर्ता, २.१७ खर्ब लगानी प्रस्ताव Read Previous

चालु वर्षमा ३८३ नयाँ उद्योग दर्ता, २.१७ खर्ब लगानी प्रस्ताव

फाइनान्सको सेयरमा उछाल, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

फाइनान्सको सेयरमा उछाल, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट