रिलायन्स स्पिनिङ मिल्सले असार २७ गतेदेखि आइपीओ जारी गर्ने, भर्न ४१ हजार चाहिने

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले असार २७ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता ८२०.८० रुपैयाँ दरले १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्काशन गर्ने भएको हो ।

लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाउने छन् । कम्पनीको आइपीओ भर्न कम्तीम पनी ४१ हजार ४० रुपैयाँ चाहिन्छ । कम्पनीको आइपीओमा साउन १० गतेसम्म आवेदन दिन पाइने छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सेयर निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी सिंगल ए माइनस इस्यूअर’ रेटिङ दिएको छ । यसले क्रम्पनीको समयमै वित्तीय दायित्व बहन गर्न क्षमता पर्याप्त रहेको जनाउँदछ ।

रिलायन्स स्पिनिङ मिल्स धागो उत्पादन गर्ने उद्योग हो । कम्पनीको मुख्य उद्योग ‘ए’ इँटहरी नगरपालिका वडा नं. १२ खनार, सुनसरीमा रहेको छ भने शाखा उद्योग ‘बी’ इँटहरी नगरपालिका वडा नं. ४ दुहावी, सुनसरीमा छ ।

कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरू भारत, टर्की, भियतनाम लगायत मुलुकमा निर्यात गर्दै आएको छ ।

नागरिक लगानी कोषको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

नागरिक लगानी कोषको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

नारायणगढ-बुटवल सडक : दोस्रो पटक थपेको म्याद सकिँदै, आधा मात्रै काम पूरा Read Next

नारायणगढ-बुटवल सडक : दोस्रो पटक थपेको म्याद सकिँदै, आधा मात्रै काम पूरा