
काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (असार २० गते) बुकक्लोज मिति तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।
कम्पनीले गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर र ०.७३ प्रतिशत नगद गरी कुल १४.७३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
उक्त लाभांश पारित गर्न कम्पनीले असार ३१ गते २९औं वार्षिक साधरण सभा बोलाएको हो । कम्पनीको सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।
कम्पनीले सभामा लाभां पारितसँगै गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने लगायत एजेन्डा लैजाने भएको छ ।