काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
मंगलबार जिल्ला अदालतकी न्यायाधीश सकुन्तला कार्कीको इजलासले थापालाई थुनामा पठाउन आदेश दिएको हो । प्रतीक पूर्वगृहमन्त्री एवम् एमाले उपाध्यष रामबहादुर थापा बादलका छोरा हुन् ।
शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआबी) टोलीले असार १४ गते बौद्धबाट पक्राउ गरेको थियो ।