काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा सपोर्टले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत भएको हो ।
नेप्सेमा कम्पनीको १३ प्रतिशत अर्थात् १ लाख २३ हजार ८०९.४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।