सहकारी छानबिन संसदीय समितिले राष्ट्रिय दलहरूसँग माग्यो सुझाव

काठमाडौं । सहकारीको रकम दुरुपयोग बारे छानबिन गर्न बनेको संसदीय समितिले राजनीतिक दलहरूबाट सुझाव लिने भएको छ ।

समितिको मंगलबार बसेको बैठकले सहकारीका समस्या समाधानका लागि राष्ट्रिय दलको मान्यता पाएका दलहरूबाट सुझाव माग्ने निर्णय गरेको हो ।

समितिले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूबाट समस्या समाधानका लागि लिखित रूपमा सुझाव उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको हो ।

आजको बैठकले राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय सहकारी संघ र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारीसँग पनि छलफल गरेको छ ।

समितिले यसअघि दुई चरणमा विभिन्न २७ सहकारीको कागजात मगाउने निर्णय गरेको थियो ।

नेप्सेमा उच्च अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Previous

नेप्सेमा उच्च अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

नेप्सेमा सपोर्ट माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा सपोर्ट माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत